info@nawayug.com

प्रधानमन्त्री बालेन शाह र उद्योगी व्यवसायीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मुलुकको पछिल्लो आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या तथा लगानीको वातावरणबारे छलफल भइरहेको छ ।

त्यस्तै, रोजगारी सिर्जना, आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपाय तथा निजी क्षेत्रको लगानी विस्तारका विषयमा पनि छलफल केन्द्रित छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया