किएभ । युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् । अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब ३० वटा हवाई आक्रमण गर्दा उनीहरुको ज्यान गएको छ र अन्य घाइते भएका छन् भने धेरै आवासीय भवन तथा पूर्वाधार सुविधामा क्षति पुगेको छ ।
यस अघि अधिकारीहरुले रूसी सेनाले निप्रोपेट्रोभस्क क्षेत्रमा ५० वटा भन्दा बढी तोप तथा ड्रोन आक्रमण गर्दा पाँच जना घाइते भएको रिपोर्ट गरेको थियो । अनेकौ अन्तर्राष्ट्रिय प्रयासका बिच सन् २०२२ फेब्रुअरी देखि सुरु भएको रूस–युक्रेन युद्धले हालसम्म कुनै समाधानमा पुग्ने संकेत देखाएको छैन भने, निरन्तर सैन्य अपरेसन र दुई पक्षबिच आक्रमणका भइरहेको छ । रासस/क्युएनए
३० बैशाख २०८३, बुधबार ०४:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com