काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे स्पष्टीकरण दिनुभएको छ ।
आज शुक्रवार प्रतिनिधिसभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कारबाहीको प्रक्रिया रहेको बताउनुभयो ।
भर्खरै १ खर्ब रुपैयाँभन्दा धेरैको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै म पनि पर्छु कि भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ । यसैको प्रभाव बजारमा देखिएको हो ।’
अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ । शेयर बजारको दैनिक उतारचढावलाई लिएर सरकार चिन्तित नरहेको उहाँको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com