काठमाण्डाै । नेपालका शेखर थापाले ११औँ एशियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशिपमा कांस्य जितेका छन् । मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ‘ब्ल्याक वेल्ट थर्ड डान प्याटर्न’ मा कांस्य जितेका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) का महासचिव घमबहादुर थापाले शेखरसँगै मङ्गोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भएका जानकारी दिनुभयो । उहाँका अनुसार मलेशियाका चीन लुङ काङले स्वर्ण र फिलिपिन्सका अमाइज क्रिस्टर लुले रजत पदक जितेका छन् ।
शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा उनले पदक जितेनन् ।
शेखर दक्षिण एशियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको ‘प्याटर्न’ र दोस्रो संस्करणको ‘स्पाइरिङ’ मा रजत जितेका थिए । उनले तेस्रो इन्डो–नेपाल आईटीएफ तेक्वान्दोको ‘स्पाइरिङ’ मा स्वर्ण जितेका थिए ।
तेस्रो जनरल चोई स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com