info@nawayug.com

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

काठमाण्डौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बाढीको १३औँ दिन यही २२ गते सोमवार सरकारले शोक दिवस मनाउन लागेको हो । त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवम् नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

यस्तै अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

योसँगै भोलि शुक्रवारदेखि लगातार ५ दिन सार्वजनिक बिदा परेको छ । भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिवार र २१ गते आइतवार नियमित बिदा हुँदा लगातार ५ दिन बिदा परेको हो ।

प्रतिक्रिया