काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले नगरप्रमुख वादीसहित उनलाई घुस दिने कर्मचारी मोहन शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाह नगरपालिकामा असिस्टेन्ट सबइन्जिनियरको रूपमा करार सेवामा काम गर्दै आएका थिए ।
आयोगका अनुसार शाहले आर्थिक वर्ष १०८१/८२ मा आफ्नो करार अवधि थप गर्नका लागि नगरप्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएका थिए । २०८२/८३ का लागि करार अवधि थप गर्न पनि नगरप्रमुख वादीले घुस मागेका थिए । घुस नदिएपछि वादीले उनको करार अवधि नथपेको उजुरी शाहले दिएका थिए ।
सोही उजुरीको आधारमा आयोगले वादीमाथि अनुसन्धान गरेको थियो ।
‘‘प्रतिवादीले आफ्नो सेवा करार अवधि निरन्तरताको काम गराउन नगर प्रमुखलाई सोम काम गरिदिए बापत मोलाहिजा गरी नगरपालिकालाई अनिष्ट गरी घुस रिवत रकम नगर प्रमुखलाई दिएको र सोही घुस रिसवतबापतको रकम दिने लिने काम भएपछि मोहन साहको असिस्टेन्ट सबइन्जिनियर ओहदा सेवा करार म्याद थप त्यस अवधिमा नवीकरण भई निरन्तर गरेरगराएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको स्थापित भएको’ अख्तियारले भनेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com