काठमाडौं । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर २ गते कलंकीबाट उक्त माइक्रोबस फेला पारेको थियो । त्यसपछि चोरीमा संलग्न रहेको आरोपमा शनिबार बिहान १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।
उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com