काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ । उनको स्वागतका लागि विमानस्थलमा आवश्यक तयारी पूरा गरिएको छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन । उनी नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नेछन् ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता, भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता तथा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटको कार्यक्रम छ ।
६ मङ्सिर २०८३, आईतबार ०३:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com