info@nawayug.com

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच चर्काचर्की भएको छ ।

आजैको संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।

विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गरे ।

सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् । उनलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।


 

 

प्रतिक्रिया