काठमाण्डौं । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति पोर्चुगल र सन् २०१० को विजेता स्पेन खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको डालास रङ्गशालमा शुरू हुनेछ ।
नकआउट चरणमा पोर्चुगलले क्रोएशियालाई २–१ र स्पेनले अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । पोर्चुगल समूह ‘के’ को उपविजेता र स्पेन समूह ‘एच’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०१० मा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । यस्तै २०१८ मा दुवै टोलीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
यस्तै यी दुई टोलीबीच अहिलेसम्म ४१ पटक भेट भएकोमा स्पेन १८ र पोर्चुगल ७ खेलमा विजयी भएका छन् भने १६ खेल बराबरीमा सकिएको छ ।
पोर्चुगल र स्पेनबीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ४१ र स्पेनका लामिन यमाल १८ वर्षका छन् । रोनाल्डोले सन् २००६ मा पहिलो पटक विश्वकप खेल्दा यमाल जन्मिएकै थिएनन् ।
विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भोलि बिहान पौने ६ बजे अमेरिका र बेल्जियम खेल्दैछन् । यो खेल अमेरिकाको सिएटल रङ्गशालमा हुनेछ । नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० र बेल्जियमले सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । अमेरिका समूह ‘डी’ र बेल्जियम समूह ‘जी’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो । यसअघि सन् १९३० मा अमेरिका ३–० र २०१४ मा बेल्जियम २–१ ले विजयी भएको थियो ।
यस्तै यी दुई टोलीबीच अहिलेसम्म ७ पटक भेट भएकोमा बेल्जियम ६ र अमेरिका १ खेलमा विजयी भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com