info@nawayug.com

लियोनेल मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट पूर्ण संन्यासको घोषणा : खेल जगतमा एउटा सुनौलो युगको अन्त्य

मकवानपुर । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट पूर्ण रूपमा संन्यासको घोषणा गरेका छन्। सन् २०२६ को विश्वकप फाइनलमा स्पेनविरुद्ध अर्जेन्टिना १-० ले पराजित भएसँगै उनले देशका लागि आफ्नो अन्तिम खेल खेलेका हुन्। ३१ अगस्ट २०२६ मा मेसीले आधिकारिक रूपमा संन्यासको घोषणा गरेपछि विश्वभरका फुटबल प्रशंसकहरू स्तब्ध र भावुक बनेका छन्।

३९ वर्षीय मेसीले आफ्नो संन्यास पत्र वास्तवमा जुलाई २१ मै तयार पारिसकेका थिए। तर, अगस्ट ८ मा उनका पिता जर्ज मेसीको आकस्मिक निधन भएपछि उनी आफ्नो निर्णयमा झन् दृढ बनेका हुन्। संन्यासको घोषणा गर्दै मेसीले आफ्नो शारीरिक सीमा र नयाँ पुस्ताका युवा खेलाडीहरूलाई अवसर दिनु नै उपयुक्त समय भएको बताएका छन्।

यसअघि सन् २०१६ मा पनि मेसीले कोपा अमेरिकाको फाइनल खेलपछि संन्यासको घोषणा गरेका थिए, तर समर्थकहरूको आग्रह र देशप्रतिको मायाका कारण उनी मैदानमा फर्किए। दोस्रो पटक मैदानमा फर्किएपछि उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप र दुई पटक कोपा अमेरिकाको ऐतिहासिक उपाधि दिलाउन सफल भए।

न्यापकिन पेपरदेखि विश्वकप ट्रफीसम्मस् मेसीका केही रोचक तथ्यहरूमेसीको खेल जीवन जति गौरवशाली छ, उनका केही जीवनका पाटाहरू उत्तिकै रोचक र प्रेरणादायी छन् :

न्यापकिन पेपरमा पहिलो सम्झौता: मेसी १३ वर्षको उमेरमा बार्सिलोना पुग्दा उनको प्रतिभा देखेर क्लबका डाइरेक्टर यति प्रभावित भए कि उनले तत्कालै रेस्टुरेन्टको एउटा न्यापकिन पेपर (रुमाल) मै मेसीसँग पहिलो व्यावसायिक सम्झौता गरेका थिए।

डेब्यु खेलमै रेड कार्डको झट्का: सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गर्दा मेसी मैदान छिरेको मात्र ४७ सेकेन्डमै विपक्षी खेलाडीलाई कुहिनाले हानेको आरोपमा रेड कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो।

गम्भीर रोगमा क्लबको साथ:  बाल्यकालमा मेसी 'ग्रोथ हर्मोन डेफिसेन्सी' (कम उचाइ हुने समस्या) बाट पीडित थिए। उनको परिवारसँग उपचारको खर्च नहुँदा बार्सिलोना क्लबले उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने सर्तमा उनलाई स्पेन भित्र्याएको थियो।

हजुरआमालाई समर्पित गोल उत्सव: मेसीले मैदानमा हरेक गोल गरेपछि दुवै हातका औंला आकाशतर्फ तेर्स्याउने गर्छन्। यो उनको बाल्यकालमा फुटबल खेल्न सघाउने स्वर्गीय हजुरआमा सेलियाप्रतिको सम्मान हो।

कीर्तिमानी आठ ब्यालोन डीुओर: मेसीले आफ्नो खेल करियरमा विश्वकै उत्कृष्ट फुटबलरलाई दिइने प्रतिष्ठित 'ब्यालोन डी' ओरु अवार्ड कीर्तिमानी ८ पटक जित्न सफल भएका छन्।

क्रान्तिकारी चे ग्वेभाराको सहर: मेसी अर्जेन्टिनाको रोजारियो सहरमा जन्मिएका हुन्। रोचक कुरा के छ भने, विश्वप्रसिद्ध क्रान्तिकारी नेता चे ग्वेभाराको जन्मस्थान पनि यही रोजारियो सहर नै हो।

अन्तर्राष्ट्रिय फुटबल मैदानबाट बिदा लिए पनि मेसीले अमेरिकी क्लब इन्टर म्यामीबाट आफ्नो व्यावसायिक क्लब फुटबल यात्रालाई भने केही समय निरन्तरता दिने सम्भावना छ। मेसीको यो बिदाइसँगै अन्तर्राष्ट्रिय फुटबल इतिहासको एउटा महाकाव्यको सुखद अन्त्य भएको छ।

प्रतिक्रिया