काठमाडौं । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २६ रन बनायो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक अविजित ४६ रन बनाउनुभयो । यस्तै कविता कुँवरले ३३, रुवि पोदारले १७ र पूजा महतोले १५ रन बनाउनुभयो ।
बलिङमा मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गामले दुई तथा आइसा एलिसा र माहिरा इजातीले एक एक विकेट लिनुभयो ।
यस खेल जित्ने टोली सोझै एसियन गेम्समा छनोट हुने छ । सेमिफाइनलमा पराजित दुई टोलीबिच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ । तेस्रो स्थानमा बनाउने टोलीले पनि एसियन गेम्स खेल्ने मौका पाउने छ ।
यसअघि भएको पहिलो सेमिफाइनल खेलमा थाइल्यान्डले चीनलाई हराउँदै फाइनलमा स्थान बनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com