info@nawayug.com

कप्तानगन्ज घटना : गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा मृत्यु भएका रवीन्द्र मेहेताको शव बिनासम्झौता संकलन नगर्ने अडान परिवारले लिएको छ । 

गृहमन्त्री आउनुपर्ने, आफूहरूको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरूको भनाइ छ । परिवारका सदस्य र आफन्त अस्पतालको आईसीयू कक्षबाहिर बसिरहेका छन् । अस्पतालमा अन्य आफन्तको उपस्थिति पनि थपिँदै छ । उनीहरूले सरकारसँग सम्झौता नहुँदासम्म आफूहरू अस्पतालबाट नफर्कने बताइरहेका छन् ।

२२ वर्षीय मेहेताको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यसअघि मृत्यु भएका तीनजनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् । 

प्रतिक्रिया