info@nawayug.com

इङ्ग्ल्यान्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध

काठमाण्डाै । इङ्ग्ल्यान्डका मिडफिल्डर जोर्डन हेन्डरसन २ वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन् । ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि ३६ वर्षीय हेन्डरसन चेल्सी पुगेका हुन् ।

हेन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लिग, यूईएफए च्याम्पियन्स लिग, एफए कप, २ वटा लिग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो ।

सन् २०२३ मा हेन्डरसन साउदी अरेबियाको अल–इत्तिफाक पुगेका थिए । त्यसको १ वर्षपछि उनी नेदरल्यान्ड्सको आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट पेरि प्रिमियर लिगमा फर्किएका थिए । उनले सन् २०२५–२६ सिजनमा ब्रेन्टफोर्डमा ३२ वटा खेल खेलेका थिए ।

सन्डरल्यान्डबाट व्यावसायिक खेल शुरू गरेका हेन्डरसनले सन् २००८ मा चेल्सीसँगकै खेलमा प्रिमियर लिगमा डेब्यु गरेका थिए । उनले इङ्ग्ल्यान्डका लागि ९१ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रिने १०औँ खेलाडी हुन् ।

प्रतिक्रिया