काठमाडौं । रुस र युक्रेनबीच पछिल्लो समयका आक्रमण र प्रत्याक्रमणमा दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा मंगलबार कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका रुसी समाचार संस्था तासले जनाएको छ ।
ड्रोनका भग्नावशेष खस्दा रुसको क्रास्नोडार क्षेत्रमा थप क्षति पुगेको छ ।
उता, रुसले गरेको आक्रमणमा युक्रेनको दिनिप्रोपेत्रोभ्स्क क्षेत्रस्थित एक पेट्रोल स्टेसनमा तीनजनाको मृत्यु भएको छ । उक्त क्षेत्रका गभर्नर ओलेक्सान्द्र हन्जाले घटनामा २१ जना घाइते भएका बताएका छन् । तीमध्ये नौजनाको अवस्था गम्भीर रहेको उनले जनाएका छन् ।
यसबाहेक जापोरिझ्झिया क्षेत्रमा गरिएको अर्को आक्रमणमा आठजनाको मृत्यु भएको जनाइएको छ ।
१९ साउन २०८३, मङ्गलबार ०२:०६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com