काठमाडौं । यही वर्ष जुनको अन्त्यतिर भेनेजुएलामा दुई शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ ।
जुन २४ मा करिब ३८ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएपछि देशमा ठूलो जनधनको क्षति हुनुका साथै राष्ट्रिय आपत्काल घोषणा गरिएको थियो । अझै १७ हजारदेखि २९ हजार ५०० जनासम्म बेपत्ता रहेका अनुमान गरिएको छ ।
व्यापक क्षति, हजारौँ भवन बस्न अयोग्य
भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय राज्य ला गुएरामा करिब २०० भवन पूर्ण रूपमा ध्वस्त भएको छ । भग्नावशेष हटाउने र सरसफाइको काम अझै जारी छ ।
अनुमानित २१ लाख टन भग्नावशेषमध्ये हालसम्म करिब तीन लाख ५० हजार टन हटाइएको छ । यो कुल भग्नावशेषको करिब १६.५ प्रतिशत रहेको जनाइएको छ ।
सरकारी अधिकारीहरूले १६ हजार २०० भन्दा बढी संरचनालाई बस्न अयोग्य घोषणा गरेपछि हजारौँ परिवार घर छाड्न बाध्य भएका छन् । हाल प्रभावितमध्ये धेरैजसो मानिस ला गुएरा र राजधानी काराकासका अस्थायी शिविरमा बसिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com