info@nawayug.com

काभ्रेमा ब्राउन सुगर र सुनसहित पाँच जना पक्राउ

काभ्रे । रोशी गाउँपालिका-९ मंगलटारमा ब्राउन सुगर र सुनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारअगाडिको चेकपोष्टमा सवारीजाँचको क्रममा एक ईभी कारबाट ती सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार असार २३ साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि इन्स्पेक्टर निकिता मिश्राको टोलीले जाँच गरेको थियो ।

कारमा सवार दोलखा भीमेश्वर नगरपालिका-७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लाष्टिकमा ६०.०६ ग्राम तथा ५६.७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

उनीहरूको साथबाट २ थान कानको बाला पनि बरामद भएको छ । प्रहरीका अनुसार ईभीमा सवार पाँचैजनाको लापसे र मापसे परीक्षणमा सविन कोइराला र जगत खत्रीको रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया