काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढी र सुनामीजस्तो भयावह क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समकक्षी वालेन्द्र शाहसँग कुराकानी गरेको जानकारी दिँदै विपत्तिप्रति अष्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेका हुन् ।
उनले अष्ट्रेलिया नेपालसँगै उभिएको उल्लेख गर्दै मानवीय सामग्री, आवश्यक उपकरण तथा विशेष दक्षता र क्षमतामार्फत आवश्यक परेको स्थानमा सहयोग उपलब्ध गराइरहेको बताएका छन् ।
‘जनधनको क्षति र विनाश अत्यन्तै पीडादायी छ,’ प्रधानमन्त्री अल्बानिजले भनेका छन्, ‘अझै सम्पर्कविहीन रहेका अष्ट्रेलियाली नागरिकको खोजीका लागि हामीले सक्दो प्रयास जारी राख्नेछौँ ।’
उनले नेपालमा भएको विपत्तिमा ज्यान गुमाएकाहरू तथा बेपत्ता अष्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको दुःखमा अष्ट्रेलिया साथमा रहेको बताएका छन् ।
नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको ठूलो क्षतिपछि अष्ट्रेलियाले मानवीय सहायता, उपकरण र विशेष दक्षता उपलब्ध गराइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com