info@nawayug.com

सुनको भाउ ६ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया