काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति भएका थापाले शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्ने इच्छा व्यक्त गर्दै समय मागेका हुन् ।
स्वकीय सचिव भानु देउवाले रातोपाटीसँग कुरा गर्दै सभापति थापाले भेटका लागि आफूसँग समय मिलाइदिन टेलिफोनमा आग्रह गरेको बताए । उनले समय मिलाएर भेट्नका लागि बोलाउने जानकारी दिएको बताए। ‘उहाँ (गगन थापा) ले भेट्न समय माग्नुभएको छ,’ उनले रातोपाटीसँग भने, ‘मैले समय मिलाएर भेट्नका लागि बोलाउने बताएको छु।’
दुई नेताबिचको भेटको समय छिट्टै तय गरिने देउवाको सचिवालयले जनाएको छ।
८ भदौ २०८३, सोमबार ११:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com