काठमाण्डौ । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा उल्लेख छ ।
सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनुभएको थियो ।
९ भदौ २०८३, मङ्गलबार १२:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com