काठमाण्डौं । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् ।
आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनबीच खेल हुनेछ ।
अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् । पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल असार ३१ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ ।
विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com