info@nawayug.com

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । 

सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदी पनि आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको चार हजार ४८० रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी तोलाको चार हजार ३७० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया