info@nawayug.com

मक्रान्चुलीमा १२ दिनदेखि खानेपानी अवरुद्ध,समस्या समाधानको पहल अन्तिम चरणमा

हेटौंडा । गढी गाउँपालिका–३ मक्रान्चुलीमा १२ दिनदेखि धारामा पानी नआउँदा स्थानीयवासी गम्भीर खानेपानी समस्याबाट प्रभावित बनेका छन्। लामो समयसम्म खानेपानी आपूर्ति अवरुद्ध हुँदा स्थानीयहरू दैनिक उपभोगका लागि मुहान तथा साना पानीका स्रोतमा निर्भर हुन बाध्य भएका छन्।

पानीको अभावका कारण घण्टौँ समय लगाएर पानी बोक्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयवासीले बताएका छन्। खानेपानीको समस्या लम्बिँदै जाँदा दैनिक जनजीवन कष्टकर बन्दै गएको उनीहरूको गुनासो छ।

स्थानीयवासी भन्छन् “धारामा पानी नआएपछि मुहानको भर पर्नुपर्ने बाध्यता छ। समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा गरेका छौँ।” 

यस विषयमा मकवानपुर गढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन सँग गरिएको कुराकानीमा उनले खानेपानी आपूर्ति अवरुद्ध हुनुको कारणबारे जानकारी लिइसकिएको बताउँदै समस्या समाधानका लागि आवश्यक पहल भइसकेको बताउनु भयो। सम्बन्धित पक्षसँग समन्वय गरी नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास अन्तिम चरणमा पुगिसकेको  र चाडै समस्या समाधान हुने उहाँले बताउनु भयो ।

“उनका अनुसार गढी गाउँपालिका–३ का करिब आधा घरधुरी र वडा नं ४ का एक तिहाइ घरधुरी प्रभावित भएका छन्। हाल स्थानीय बासिन्दाले वैकल्पिक स्रोतबाट पानी संकलन गरी दैनिक आवश्यकताहरू पूरा गर्दै आएका छन्।”

प्रतिक्रिया