रुस । रुसको मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आइतबार राति भएको आक्रमणमा आवासीय भवन र एउटा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका ४५० वटा ड्रोन खसालिएको दाबी गर्दै ड्रोनका कारण केही घरमा आगलागी भएको तथा तेल प्रशोधन केन्द्रको एउटा संरचनामा क्षति पुगेको बताएकाछन्।
भोरोब्योभका अनुसार सोफिनोमा ड्रोनले तीनतले आवासीय भवनमा प्रहार गर्दा ४४ वर्षीया एक महिलाको मृत्यु भयो। घटनामा दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्। त्यस्तै, ओरेखोभो–जुयेभो जिल्लामा एउटा निजी घरमा ड्रोन प्रहार हुँदा एक वृद्धको मृत्यु भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा रहेको ‘महत्त्वपूर्ण’ रुसी तेल संरचना र एउटा लजिस्टिक केन्द्रलाई युक्रेनी सेनाले निशाना बनाएको पुष्टि गरेका छन्। उनका अनुसार ती संरचनाबाट रुसी युद्ध प्रयासलाई अर्बौँ डलरको आर्थिक सहयोग पुग्दै आएको थियो।
यसैबीच, युक्रेनी अधिकारीहरूले शनिबार रुसी आक्रमणमा राजधानी किभ र सुमी क्षेत्रमा आठ जनाको मृत्यु भएको बताएका छन्। मृतकमध्ये तीन जना बालबालिका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com