info@nawayug.com

सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीय स्थल टीकापुर पार्कको एक उच्च स्तरीय संसदीय टोलीले अवलोकन भ्रमण गरेको छ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको विशिष्ट टोलीले टीकापुर नगरपालिकामा अवस्थित उक्त ऐतिहासिक पार्कको वस्तुस्थितिबारे जानकारी लिँदै अवलोकन गरेको हो।

भ्रमण टोलीमा सभामुख अर्यालसँगै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्ष पनि अवलोकनमा सहभागी थिए। सङ्घीय संसद्का पदाधिकारीहरूका साथै विभिन्न प्रदेशका सभामुख र उपसभामुखहरू पनि टोलीमा समेटिएका थिए।

त्यस्तै, टीकापुर पुग्नेहरूमा कोशी प्रदेश सभाका सभामुख तथा उपसभामुख, गण्डकी प्रदेश सभाका सभामुख तथा उपसभामुख, कर्णाली प्रदेश सभाका सभामुख तथा उपसभामुख र बागमती प्रदेश सभाकी उपसभामुख रहेका छन्। आयोजक तथा स्थानीय प्रादेशिक संसद्का तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका सभामुख तथा उपसभामुखले टोलीलाई साथ दिएका थिए।

राजनीतिक तथा संसदीय पदाधिकारीहरूका अलावा संसद् सचिवालयका प्रशासनिक प्रमुखहरूको पनि यस भ्रमणमा उल्लेख्य उपस्थिति थियो। प्रतिनिधि सभाका महासचिव, सचिव, राष्ट्रिय सभाका सचिव, सङ्घीय संसद् सचिवालयका सचिव तथा विभिन्न प्रदेश सभाका सचिवहरूसहितको प्रशासनिक टोलीले पार्कको अवलोकन गरेको हो।

प्रतिक्रिया