info@nawayug.com

विश्वकपको अनधिकृत प्रसारण रोक्न ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो ।

प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रालि (डिगो) को संयुक्त उपक्रम (एचटीभी–डिगो ब्रोडकास्टिङ कन्सोर्टियम जेभी)सँग मात्र रहेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया