info@nawayug.com

यात्रुलाई कफीले पोलेको घटनामा कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने

काठमाण्डौं । जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ ।

झण्डै तीन वर्षअघि बोस्टनबाट दोहा हुँदै काठमाण्डौ फर्किने क्रममा ललितपुरकी प्रिती थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो । उहाँले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दाबी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको हो । उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो ।

प्रतिक्रिया