काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिने भएको छ ।
अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने र आगामी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित मर्सी डेभलपमेन्ट नामक संस्थाले आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी भएका थिए । पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको विभागले जनाएको छ ।
निष्कासनमा पर्नेमा पाँच जना अमेरिकी, तीन जना क्यानाडेली र दुई जना ब्राजिलियन नागरिक रहेका छन् । कारबाहीमा परेकामध्ये एक जना नाबालकसमेत छन् । उनलाई आमाबुवासँगै स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com