info@nawayug.com

सुनचाँदीको मुल्यमा आज पनि गिरावट

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।

हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो तोलामा दुई हजार ८०० रुपैयाँले घटेर सुन तोलाको दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार सुनको भाउ तोलाको दुई लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर तोलाको चार हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि हिजो चाँदी १०० रुपैयाँले घटेर तोलाको चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया