काठमाण्डौं । विश्वकपमा गोल्डेन बुटको दौड झन् रोमाञ्चक बनेको छ।
नर्वेका स्टार फरवार्ड अर्लिङ हालान्डले ब्राजिलविरुद्ध सोमबार बिहान भएको अन्तिम १६ को खेलमा दुई गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्याएका छन्।
त्यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँगै सर्वाधिक गोलकर्ताको संयुक्त पहिलो स्थानमा पुगेका छन्।
तीनै खेलाडीले समान सात–सात गोल गरेका छन्।
तर असिस्टका आधारमा एम्बाप्पे अगाडि देखिएका छन्। एम्बाप्पेको नाममा दुई असिस्ट छ भने हालान्ड र मेसीले अहिलेसम्म कुनै असिस्ट गरेका छैनन्।
हालान्डले समूह चरणमा इराकविरुद्ध दुई गोल र सेनेगलविरुद्ध दुई गोल गरेका थिए।
त्यसपछि नकआउट चरणको पहिलो खेलमा आइभोरी कोस्टविरुद्ध एक गोल गरेका उनले ब्राजिलविरुद्ध दुई गोल थप्दै सात गोलको कीर्तिमान बनाएका हुन्।
मेसीले भने समूह चरणको पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल र जोर्डनविरुद्ध एक गोल गरे।
अन्तिम ३२ को खेलमा केप भर्डविरुद्ध एक गोल थप्दै उनले पनि सात गोल पूरा गरेका छन्।
एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। त्यसपछि अन्तिम ३२ मा स्वीडेनविरुद्ध दुई गोल र अन्तिम १६ मा पाराग्वेविरुद्ध एक गोल गर्दै सात गोलको आँकडा छोएका छन्।
साथै, उनले दुई असिस्ट पनि दिएका छन्।
इंग्ल्याण्डका ह्यारी केन पनि आफ्नो खातामा ५ गोल जोड्दै गोल्डेन बुटको दौडमा छन्।
विश्वकप क्वार्टरफाइनलअघि तीन विश्व फुटबलका सुपरस्टार समान सात गोलसहित गोल्डेन बुटको प्रतिस्पर्धामा रहेकाले आगामी खेलहरूले उपाधिको दौड अझ रोचक बन्ने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com