जनकपुरधाम । निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ। जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा विजयी खाता खोलेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले कर्णालीलाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८५ रनमा सीमित गरेको थियो। कर्णालीका लागि गंगा खड्काले १४, अञ्जु गुरुङले १३ तथा तृष्णा विश्वकर्माले १२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका बलर मनिषा रानाले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिइन्। सुस्मिता भुसालले दुई तथा अञ्जि पाठकले एक विकेट हात पार्दै कर्णालीको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीको जितमा कप्तान असमा पुलामी मगरले २८ रनको महत्वपूर्ण योगदान दिँदा रञ्जु श्रेष्ठले २३ रन जोडिन्।
बलिङमा निर्णायक भूमिका खेलेकी मनिषा राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। यस जितसँगै लुम्बिनीले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ भने कर्णालीले लगातार दबाब सामना गर्नुपरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com