काठमाडौं । नेपालमा विदेशी लगानीको वातावरण नरहेको र काम गर्न सक्ने अवस्था पनि नरहेको भन्दै एनसेलका सीइओ माइकल फोले राजीनामा दिएर स्वदेश फर्किएका छन् ।
फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सिइओको जिम्मेवारी दिएको छ । यसको जानकारी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई गराइएको छ ।
स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले सीआइबी लगाएर धितो लिलामी गर्ने बैंक र लिलामी सकार्ने सेवा प्रदायकलगायतलाई मुद्दा चलाउन लागेपछि सीईओ फोले नेपालमा काम गर्न नसकिने भन्दै एक वर्ष नपुग्दै बाहिरिएका हुन् ।
सरकारले टंकमणि शर्मा प्रतिवेदन सार्वजनिक गरेर कम्पनीको गोपनीय अधिकार हनन गरेको भन्दै एनसेल सर्वोच्चमा गएको थियो । सर्वोच्चले एनसेलको पक्षमा अन्तरिम आदेश पनि दिएको छ ।
तर, नेपालमा विदेशी लगानीकर्तामाथि सरकारबाटै ज्यादति भएको गुनासो एनसेलले यसअघि अर्थमन्त्रीले विदेशी लगानकर्तासँग आयोजना गरेको छलफलमा पनि सुनाएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com