काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका छन् ।
बिहीबार कारागारमा आयोजित एक कार्यक्रमका बीच कैदीबन्दीका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम बैंकमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
उनले रसुवाको बाढी तथा नुवाकोट र त्रिशूली क्षेत्रमा भएको तहसनहस ‘महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।
पौडेलले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दी पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताए । सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com