info@nawayug.com

रसुवा भोटेकोसी बाढी : भारतमा सात शव फेला

काठमाडौं । नेपालमा आएको बाढीको प्रभाव अहिले भारतको सीमावर्ती क्षेत्रमा देखिन थालेको छ । उत्तर प्रदेशको महाराजगंजमा रहेको गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीनजनाको शव निकालिएको छ ।

अधिकारीहरूका अनुसार पाँच महिला र दुई पुरुषको शव फेला परेको छ । नेपालमा आएको बाढीले शव बगाएर भारत पुर्‍याएको आशंका गरिएको छ ।

सशस्त्र सीमा बलको उद्धार टोलीले गस्ती गर्दा नदीमा तैरिरहेको अवस्थामा शव देखेको थियो । टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट उनीहरूलाई निकालेर महाराजगंज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शवको अझै पहिचान हुन सकेको छैन । बीबीसी
 

प्रतिक्रिया