काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणबाट र प्रधानमन्त्रीको पेजबाट आइरहेको जानकारी गराएका छन् ।
“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणबाट जानकारी आइरहेको छ । प्रधानमन्त्री कार्यालयको पेजबाट पनि आइरहेको छ,” मन्त्री पोखरेलले भने, “आधिकारिक जानकारी मात्र लिनुहोला ।”
उनले विपदमा परेका नागरिकको उद्धार र राहतका लागि सहयोग प्रधानमन्त्री राहत कोषमा मात्र गर्न आग्रह गरेका छन् ।
“सहयोगका लागि पनि हामीले छुट्टै कोषमा जम्मा गरेका छौँ,” उनले भने, “देश विदेशबाट त्यसमा सहयोग गर्न खोज्नु भएको छ भने प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनु हुन अनुरोध गर्दछु ।”
१२ भदौ २०८३, शुक्रबार ०२:१६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com