काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो ।
भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेको छ ।
चाँदी आज भाउ बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
२० साउन २०८३, बुधबार १२:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com