info@nawayug.com

पाँच जिल्लाबाट जुवातास खेलिरहेका ५० जना पक्राउ, साढे ४ लाखभन्दा बढी रकम बरामद

काठमाडौँ । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देहीबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धनकुटाबाट ९ जना, कैलालीबाट १४ जना, ओखलढुंगाबाट ७ जना, ललितपुरबाट १० जना र रुपन्देहीबाट १० जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४ लाख ४२ हजार ८०० रुपैयाँ नगद र ९ बुक तास बरामद गरेको छ।

उनीहरूलाई घर, होटल, किराना पसल तथा कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया