info@nawayug.com

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं । राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज गरेको हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय मनिचेञ्जर कञ्चनपुरको भिमदत्त नगरपालिका–४ मा रहेको थियो । यस राष्ट्रिय मनिचेञ्जरले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि राष्ट्र बैंकले इजाजतपत्र खारेज गरेको हो ।

यस राष्ट्रिय मनिचेञ्जरसंग कसैको लेनदेन तथा अन्य सरोकार भएमा ३५ दिनभित्र राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया