काठमाण्डौं । बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर हिजो दुई जनाको ज्यान गएको छ । बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिनुभयो ।
यस्तै, बाडीमालिका नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर ज्यान गएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर उनको ज्यान गएको हो ।
१८ जेठ २०८३, सोमबार ०२:५१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com