info@nawayug.com

२ हजारले बढ्यो सुनको भाउ

काठमाण्डौं । बिहीबारदेखि लगातार घटिरहेको सुनको भाउ आज बढेको छ ।

आज सुन तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । हिजो तोलाको चार हजार ९ सय ५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको चार हजार ९२५ रुपैयाँ कायम रहेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया