info@nawayug.com

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा गरे श्रद्धाञ्जली अर्पण

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाहले भ्रमणको दोस्रो दिन राजघाट पुगेर गान्धीप्रति सम्मान प्रकट गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधिविज्ञ विविक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री शाहले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा विभिन्न विकासका मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया