काठमाडौँ । प्रहरीको आईजीपी पदमा पुनर्वहालीको माग गर्दै पूर्व आईजीपी दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबार पेसी चढेको छ ।
आज न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी चढेको छ । सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अशोककुमार क्षेत्रीका अनुसार म्याद तामेलीको प्रतिवेदन तामेलदारले इजलासमा पेश गरेका छन् । मुद्दाको स्थित पनि इजलासले नै टुंगो लगाउने उनले बताए ।
बुधबारको पेसीमा कार्कीलाई पुनर्वहालीका लागि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा विपक्षीहरुसँग छलफल गर्नका लागि आज सोमबारको पेसी तोकिएको थियो । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी डा।मनोजकुमार केसीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । तर, विपक्षीहरुले म्याद नबुझेका कारण सोमबारका लागि तोकिएको पेसीमा सुनुवाइको सम्भावना न्यून मानिएको थियो।
बुधबारको आदेशले म्याद तामेलीका लागि सर्वोच्च अदालतले विपक्षीका नाममा पठाएको पर्चामा भाषिक त्रुटि देखिएका कारण चारवटै विपक्षीले संशोधनबिना म्याद नबुझ्ने अडान लिएका थिए । पर्चामा ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा।मनोज कुमार केसी’ लेखिएको विषयमा उनीहरूले आपत्ति जनाएका थिए ।
विपक्षीको आपत्तिपछि सर्वोच्च अदालतले त्रुटि सच्याएर त्यसको सूचना शुक्रबार पठायो । त्रुटि सच्याउँदै ‘बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरियो । तर, म्याद तामेली गर्न भ्याएन ।
त्यसमाथि कार्कीको मुद्दा साप्ताहिक पेसी सूचीमै ३१ नम्बरमा थियोे । प्राथमिकतामा नपरेका मुद्दाहरू त्यसरी पछाडि धकेल्ने गरिन्छ । यदि विपक्षीले म्याद बुझेका थिए भने पनि पालो आउन सम्भव हुने थिएन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com