info@nawayug.com

सुनको भाउमा फेरि उछाल, तोलामा ४ हजार ८ सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार ११० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया