info@nawayug.com

प्रतिनिधिसभामा आज बजेट बहस सुरु हुँदै, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद कायमै

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकको कार्यसूचीअनुसार सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल हुने तय गरिएको छ।

यद्यपि, नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान कायम छ। सत्तापक्ष र विपक्षीबीच सदन सञ्चालनबारे सहमति जुट्न नसकेको अवस्थामा आजको बैठक निर्वाध रूपमा सञ्चालन हुने विषयमा पनि अन्योल कायम रहेको छ।


प्रतिक्रिया