काठमाण्डौ । आज एकैदिन सुनको भाउ तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ ।
हिजो एक सय रुपौयाँले बढेको सुन आज तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकैदिन धेरै घटेको हो । आज चाँदीको भाउ पनि १८५ रुपैयाँले घटेको छ ।
हिजो तोलाको ४ हजार ७६५ रुपैयाँ कायम रहेकोमा आज चाँदीको भाउ १८५ रुपैयाँ घटेर आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।
१७ भदौ २०८३, बुधबार १२:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com