info@nawayug.com

एसियाली खेलकुद क्रिकेटः सेमिफाइनलका चार टोली तय

काठमाडौं । जापानको नागोयामा लगातार वर्षा भएपछि एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका क्वाटरफाइनल खेल प्रभावित भएका छन्।


सोमबार पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानबीच हुने तय भएका दुवै क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएका थिए।

मंगलबार नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाबीचका क्वाटरफाइनल खेल पनि वर्षाकै कारण हुन सकेनन्।

क्वाटरफाइनल खेल रद्द भएपछि उच्च वरीयताका आधारमा पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्।

अब सेमिफाइनलमा पाकिस्तानले बंगलादेशसँग तथा भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन्।

पुरुष क्रिकेटको सेमिफाइनल तालिका:

पाकिस्तान विरुद्ध बंगलादेश — अक्टोबर १, बिहान ५:४५ बजे

भारत विरुद्ध श्रीलंका — अक्टोबर १, बिहान १०:४५ बजे

प्रतिक्रिया