काठमाडौं । नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्टले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालमा जलवायु परिवर्तनका प्रभावबारे छलफल भएको राजदूत अन्स्टले बताएका छन् ।
भेटका क्रममा हालै रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन् ।
त्यस्तै, नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत भेटमा कुराकानी भएको बताइएको छ ।
१५ असोज २०८३, बिहिबार ०३:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com