काठमाण्डौं । फिफा विश्वकप फुटबलमा आज राति समूह ‘एच’ का स्पेन र साउदी अरेबिया खेल्दैछन् । यो खेल अमेरिकाको एटलान्टा रङ्गशालामा राति पौने १० बजे शुरू हुनेछ ।
दुवै टोली पहिलो जीतको खोजीमा छन् । विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केब भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै साउदीले उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो । फिफा वरीयतामा स्पेन तेस्रो र साउदी ५९औँ स्थानमा छन् ।
विश्वकपमा राति पौने १ बजे समूह ‘जी’ का बेल्जियम र इरान खेल्दैछन् । यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ । आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग १–१ र इरानले न्युजिल्यान्डसँग २–२ गोलको बराबरी खेलेका थिए । फिफा वरीयतामा बेल्जियम १०औँ र इरान २२औँ स्थानमा छन् ।
विश्वकपमा भोलि बिहान पौने ४ बजे उरुग्वे र केब भर्डे खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा हुनेछ । फिफा वरीयतामा उरुग्वे १८औँ र केब भर्डे ६३औँ स्थानमा छन् ।
विश्वकपमा बिहान पौने ७ बजे समूह ‘जी’ का न्युजिल्यान्ड र इजिप्ट खेल्दैछन् । यो खेल क्यानडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ । फिफा वरीयतामा न्युजिल्यान्ड ८३औँ र इजिप्ट २८औँ स्थानमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com