काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर उच्च हुँदा ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको छ । अस्ति चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख केशव चापागाईँले बताउनुभयो ।
अभियान अन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका एक लाख ५० हजारभन्दा धेरै नागरिकलाई खोप लगाउने लक्ष्य छ । चालु आर्थिक वर्षमा नवलपरासी पूर्वमा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन् । ती सङ्क्रमितमध्ये ६ जनाको ज्यान गएको छ ।
सङ्क्रमण जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार अभियान आठवटै पालिकामा सञ्चालन भैरहेको छ । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com